साफ यु–२० च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने

काठमाडौं : साफ यु–२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा भुटानसँग प्रतिस्पर्धा गर्ने टुंगो लागेको हो। नेपाल र भुटान बीचको सेमिफाइनल खेल आइतबार हुने छ।

भारतसँग पराजित भएसँगै माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ भने भारत समूह विजेता बनेको छ। त्यस्तै सोही समूहबाट भुटान तीन अंकका साथ सेमिफाइनल पुगेको हो।

साबिक विजेता भारतले साबिक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आगामी बुधबार हुने एन्फाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति