कुन खाना फ्रिजमा कति समय राख्ने ?

फ्रिजमा कुन खानेकुरा कति समयसम्म स्टोर गर्दा राम्रो हुन्छ भन्ने कुराको धेरैलाई जानकारी हुँदैन । त्यसैले, कोही–कोही त महिना दिनलाई पुग्ने खानेकुरा ल्याएर राखेका हुन्छन् ।

खानालाई धेरै दिनसम्म फ्रिजमा राखियो भने उक्त खानेकुरा सुरक्षित भन्दा पनि विषाक्त बन्न सक्छ । कुन खानालाई कति दिनसम्म फ्रिजमा स्टोर गरेर राख्दा राम्रो हुन्छ त्यो कुरा फ्रिजमा खानेकुरा राख्ने प्रत्येक व्यक्तिले थाहा पाउनै पर्छ ।

– तपाईँले गहुँको रोटी एक हप्तासम्म फ्रिजमा राख्न सक्नुहुन्छ । स्टोर गरेको रोटीलाई घिउ हालेर तताएर खाना सक्नुहुन्छ । तर, याद राख्नुहोस्, ताजा रोटीको जस्तो पौष्टिक तत्त्व फ्रिजमा राखेको रोटीको हुँदैन । त्यसैले रोटी पकाएको १२ देखि १४ घण्टा भित्र खाइसक्नु राम्रो हुन्छ । 

– खाजाको परिकार मध्ये ब्रेड प्रचलित खाजा हो । ब्रेडलाई सफा डिब्बामा र पेपरमा र्‍याप गरेर स्टोरेज गर्नुपर्छ । यसरी फ्रिजमा राखेको ब्रेड दुई दिनसम्म खाना सकिन्छ ।

– कोही–कोहीले घरि घरि पकाउन अल्छी मानेर एकै पटक धेरै भात पकाएर फ्रिजमा राख्छन् । पछि त्यो खानालाई फ्राई गरेर खाने चलन रहेको छ । तर फ्रिजमा भात दुई दिन भन्दा बढी नराख्नु होस् । दुई दिन भन्दा बढी फ्रिजमा राखिएको खानामा पौष्टिक तत्त्व रहँदैन । 

– दाल एकदमै पौष्टिक तत्त्व हो । यदि खानामा दाल बाँकी भएमा यसलाई दुई दिन भन्दा बढी समय फ्रिजमा राख्नु हुँदैन । धेरै दिन फ्रिज गरी राखेको दालमा पनि पौष्टिक तत्त्व हुँदैन । 

– कुनै पनि फललाई काटेपछि ६ देखि ८ घण्टामा खानु उपयुक्त हुन्छ । तर यदि केही गरी त्यो खाना सकिएन भने तपाईँले त्यो फलफूल फ्रिजमा जम्मा गरेर राख्न सक्नुहुन्छ । जसमा काटेको स्याउ ४ घण्टा भित्र खानु राम्रो हुन्छ भने मेवा ७ घण्टा भित्र खाई सक्नुपर्ने हुन्छ । यदि तपाईँले काटेको कुनै पनि फलफूल ८ घण्टा भन्दा बढी फ्रिज गरेर राख्नुभयो भने यो फलफूल विस्तारै विष बन्दछ, जसले तपाईको शरीरलाई हानी पुर्‍याउन सक्छ ।

– पनिर एकदमै पौष्टिक दूधजन्य खाने परिकार हो । तपाईँले कोठाकै तापक्रममा राख्नु भएको छ भने एक दिनमा र फ्रिजमा स्टोरेज गरेर राख्नु भएको छ भने दुई दिन भित्र खाई सक्नुपर्ने हुन्छ । यदि पनिरलाई हप्ता दिनसम्म स्टोर गरेर राख्न चाहनुहुन्छ भने डिब्बामा पानी राखेर त्यसमा डुबाएर राख्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found