तनहुँ बस दुर्घटना: मृतककाे शव लिन भारतीय सेनाकाे जहाज चितवनमा

चितवन । तनहुँ बस दुर्घटनामा मृत्यु भएकाको शव लिन भारतीय सेनाको जहाज चितवन आएको छ। मृतक २७ जनाकै शव भारत लैजान सेनाको जहाज आएको हो।

EPIC EPIC

पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।

मृतकको शव पोष्टमार्टमका लागि चितवनको भरतपुर अस्पतालमा ल्याइएको थियो भने घाइतेहरूलाई नेपाली सेनाको जहाजबाट काठमाडौं पठाइएको थियो।

२७ जनाकै पोष्टमार्टम सकिएपछि भारतीय पक्षले शव लैजान भारतीय सेनाको जहाज पठाएको हो।

आजमात्रै भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से नेपाल आएकी थिइन्। घटनाबारे बुझ्न र घाइतेहरूलाई भेट्न उनी काठमाडौं आएकी थिइन्।

गृहमन्त्री रमेश लेखकले घटनाबारे राज्यमन्त्री खड्सेलाई ब्रिफिङ गरेका थिए। उनीहरू महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेरै घाइतेहरूको अवस्थाका बारेमा समेत अस्पताल पुगेर जानकारी लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found