साफ यु-२० च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा आज भुटानसँग खेल्दै

काठमाडौं । घरेलु मैदानमा जारी साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई १-० ले दोस्रो खेलमा बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।

उता भुटान भने समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा साविक विजेता भारतसँग १-० ले पराजित भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २-१ ले पराजित गरेपछि भुटान पनि भारतसँगै सेमिफाइनल पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति