गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट

दमक । झापाको गौरीगञ्ज गाउँपालिका–५ को चिल्हारा बजारमा गए राति आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् ।

स्थानीय ४० वर्षीय सनपलाल हरिजनले गाईबस्तुका लागि बालेको घुरबाट सल्किएको आगोले नजिकै रहेका घर जलेका हुन् । मध्यरातमा सनपलालको टिनको छानो र बाँसको टाटी भएको एकतले घरमा आगलागी हुँदा बाख्रा , अन्नपात , भाडावर्तन, नगद ५५ हजार गरी करिब ५ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै, सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षीय शुक्र हरिजनको टिनको छाना र बाँसको टाटी भएको एकतले घरको पश्चिम भाग आधा जलेको छ । उनको अन्नपात लत्ताकपडा गरी अन्दाजी २ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

आगलागी जानकारी गराउनसाथ इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोली खटिएर स्थानीय, प्रहरी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा राति १ः३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति