युवा संघद्वारा वृद्धा महिलालाई घर हस्तान्तरण

कचनकवल । राष्ट्रिय युवा संघ नेपाल कचनकवलले निर्माण गरेको नयाँ घर वृद्धा भोटेशरी राजवंशीलाई आज एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।

कचनकवल ६ डम्बरगाछमा “दुःखीको घर, युवाको भर” भन्ने मूल नारासहित निर्माण गरिएको उक्त घर आजदेखि वृद्धालाई बस्न मिल्ने गरी हस्तान्तरण गरिएको हो।

कार्यक्रमको उद्‌घाटन राष्ट्रिय युवा संघ नेपाल कचनकवल गाउँपालिका अध्यक्ष नवराज ढुँगानाको नेतृत्वमा गरिएको थियो।

उनले दुईवटा कोठा, खानेपानी र विद्युत व्यवस्थापन गरेर सम्पन्न गरिएको बताए। अध्यक्ष ढुङ्गानाले घर निर्माणमा विभिन्न दाताहरूको महत्वपूर्ण सहयोग रहेको र विशेषगरी चण्डी इँटा उद्योगको योगदानको कदर गरेका छन्।

उनले भने, “हामीले वृद्धालाई घर निर्माण गरेर हस्तान्तरण गर्दा, यो विशेष सहयोग र अगुवाइका कारण सम्भव भएको हो।”

संघले गरिब असहाय र विपन्न परिवारको लागि यो प्रकारको सहयोग गर्दै आएको छ र आगामी दिनमा कचनकवलका सबै वडामा यस्ता सहयोग गर्नेछौँ।”

प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रिय सचिव पर्वतराज भण्डारीले रिबन काटेर घरको साँचो भोटेशरी राजवंशीलाई हस्तान्तरण गरेको कार्यक्रममा प्रमुख अतिथ भण्डारी, नेकपा एमालेका कोसी प्रदेश कमिटी सचिवालय सदस्य बसन्त बानियाँ, जिल्लाका उपसचिव असारु राजवंशी, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा झापा इन्चार्ज खगेन्द्रराज आङ्दाङ्बे, कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, युवा संघ नेपाल झापा जिल्ला सचिवालय सदस्य उमेश मिश्र, वडा नम्लबर ६ का कमिटि अध्यक्ष श्याम घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति