साफ यु–२० च्याम्पियनसिप: डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलादेश फाइनलमा

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप अन्तर्गत आज भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलदेश फाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बंगलादेशले टाइब्रेकरमा ४-३ ले पराजित गरेको हो।

९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि टाइब्रेकरबाट विजेता टुंगो लागेको हो। नेपाल र बंगलादेश बीचको फाइनल खेल बुधबार हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति