झापाका ६ पालिकामा राधाकृष्ण रथयात्रा निकालिने

बिर्तामोड । झापाका ६ पालिकामा राधाकृष्ण रथयात्रा हर्सोउल्लासका साथ निकाल्ने तयारी गरिएको छ ।

जिल्लाको भद्रपुर, दमक, गौरीगञ्ज, बिर्तामोड, झापा र गौरादहमा राधाकृष्ण रथयात्रा निकाल्ने तयारी गरिएको हो ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’को भोलिपल्ट राधाकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन छ ।

जिल्लाको सदरमुकाम भद्रपुरमा २२औं पटक निकालिने श्रीकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिका अध्यक्ष किरण भारतीले जानकारी दिए ।

विभिन्न झाँकीसहित निकालिने रथयात्रामा यस वर्ष भारत बिहारबाट आएका १४ जना कलाकार टोलीले श्रीकृष्ण ताण्डव नृत्य समेत प्रस्तुत गर्नेछन्।

त्यस्तै बिर्तामोडमा दोस्रो वर्ष रथयात्रा निकाल्ने तयारी गरिएको छ । बिहान ११ गते विशेष पूजाअर्चाना गरिने र दिउँसो ३ बजे रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ हुने रथयात्रा बिर्तामोड बजार परिक्रमा गर्ने जनाइएको छ ।

त्यसैगरी दमक नगरपालिकामा आठौँ पटक रथयात्रा निकाल्न लागिएको हो । दमकको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा पुगेर समापन गरिने छ ।

गौरीगञ्ज गाउँपालिकामा चौथो पटक रथयात्रा निकाल्ने तयारी गरिएको छ । खजुरगाछीको राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा आएर समापन हुने जनाइएको छ ।

गौरादहमा पनि रथयात्रा निकाल्ने तयारी गरिएको छ । गौरादह १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट विभिन्न झाँकीसहित निकालिने रथ बजार परिक्रममा गरी पुनः मन्दिरमा आएको समापन हुने जनाइएको छ ।

झापा गाउँपालिका–६ स्थित श्रीकृष्ण प्रणामी सत्सङ्गले दोस्रो वर्ष पनि गाडीमा भगवान् श्रीकृष्ण राखेर रथ निकाल्ने तयारी गरेको छ । सो रथयात्रा झापा–७ दयालधाम, मदरगाछ हुँदै शरणामती बजार परिक्रमा गरेर पुनः मन्दिरमा पुगेर समापन हुने जनाइएको छ ।

जिल्लाका विभिन्न पालिकामा रथयात्रा निकाल्ने तयारी गरिएसँगै सुरक्षा व्यवस्था पनि चुस्तदुरुस्त बनाइने जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । भद्रपुर, बिर्तामोड र दमकमा जिल्लाबाट थप प्रहरी जनशक्ति पठाइने उनले बताए । अन्य पालिकाहरूमा त्यहीका जनशक्ति परिचालन गरिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर