झापाको मेचीनगरमा नहरमा डुबेर सत्यालको मृत्यु

बिर्तामोड । झापाको मेचीनगर नगरपालिकामा एक जना नहरमा डुबेको अवस्थामा मृत फेला परेका छन् ।

सोमबार मेचीनगर–७ मदन बस्ति स्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म सञ्चालन गर्दै आएका मेचीनगर–६ काँकरभिट्टाका ५८ वर्षीय पुनेप्रसाद सत्याल आफ्नै कृषि फार्मको छेउमा रहेको नहरमा डुबेर मृत अवस्थामा फेला परेका हुन् ।

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति