बुद्धशान्तिमा बालिका छोरी गर्भवती बनाउने बुवा पक्राउ

बुधबारे । आफैँले पालनपोषण गरेको छोरीलाई करणी गरी गर्भवती बनाउने एकजना झड्केलो बुवा पक्राउ परेका छन् ।

EPIC EPIC

झापाको बुद्धशान्ति गाउँपालिकाकी गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त नभएको प्रहरीले जनाएको छ ।

सानैदेखि पालेका ४१ वर्षका झड्केलो बुवाले नाबालिकालाई गर्भवती बनाएपछि घटना बाहिर आएको हो ।

घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले पीडित र पीडकका बारेमा खुलाएको छैन ।

बलात्कृत नाबालिकालाई सेफ हाउसमा राखिएको र घटनामा संलग्न झड्केलो बुवालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found