ज्ञान, कर्म र भक्तियोगका प्रणेता भगवान श्रीकृष्ण

ॐकृष्णायवासुदेवायहरयेपरमात्मने॥प्रणत:क्लेशनाशायगोविन्दायनमोनम:॥

हे कृष्णा, हाम्रो क्लेशलाई नास गर्ने वाला, जसको स्मरण मात्रले दुखबाट मुक्ति मिच्छ र बिघ्न बाधाको नास हुन्छ । त्यस्ता परमात्मा स्वरूपी श्रीकृष्ण वासुदेव हरि परमात्मा एवं गोविन्दलाई बारम्बार प्रणाम छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान श्रीकृष्णको जन्म पौराणिक ग्रन्थका अनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीको दिन मध्यरातमा रोहिणी नक्षत्रमा अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव र प्राणीको संरक्षण गर्न भगवान् विष्णुको दश अवतार मध्ये आठौँ अवतारको रुपमा भगवान् कृष्णले जन्म लिनुभएको मानिन्छ र पछि श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई विभिन्न माध्यमबाट प्रेरित गरेका थिए ।

भगवान श्रीकृष्णको व्यक्तित्व बाल्यकालदेखि नै अद्भूत, अद्वितीय, बहुआयाम र गहिरो छ, जसले धर्म, राजनीति, प्रेम, मित्रता, उद्धार, युद्ध, शान्ति, मानवता, न्याय, दर्शन र धर्मको रक्षार्थ विनाश आदि जन्म समयदेखि जीवनको अन्तिम समयसम्म पनि वहाँको प्रत्येक कार्यलाई जीवन बुझ्न, सत्मार्गमा हिँड्न, प्रेरणा लिन र मोक्षको मार्गमा अघिबढ्न श्रीकृष्णको कार्यकाल पूर्ण रुपमा निर्दिष्ट छ र जीवनका अन्य धेरै पक्षहरूलाई उहाँको व्यक्तित्वमा समाजका हरेक वर्गलाई प्रेरित गर्ने शक्ति पनि छ । श्री कृष्ण कौरवर पाण्डवको युद्धमा स्वयम जगत पुरुष भएपनि सत्यको जित गराउन र अर्जुनको मनोबल बढाउने उद्देश्यले एउटा सामान्य सारथीका रुपमा युद्धमा साथ दिएर “काम कहिले पनि सानो ठुलो हुँदैन” भन्ने सन्देश समेत दिनुभएको छ ।

श्रीकृष्णको जन्म, धर्म र अधर्मको युद्धको रूपमा व्याख्या गरिन्छ, वहाँले विशेष गरेर कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका वाणीबाट निस्केको पवित्र ग्रन्थलाई श्रीमद्भागवत गीता हो, त्यही गीताको जसको माध्यमबाट कृष्णले महाभारतको लडाइँको प्रारम्भमा अर्जुन मोहमा परेको बेलामा अर्जुनलाई लक्षित गरेर सम्पूर्ण प्राणीलाई दिव्य उपदेश दिनुभयो । यो गिता जति पढ्यो उति नै फरक अनुभूति प्राप्त हुने गीताज्ञानकोअन्त्य कहिल्यै नहुने र अध्ययन एवं अभ्यासले अनन्तसम्म पुग्न सकिने विश्वास छ ।

भगवद्गीता मार्फत श्रीकृष्णले जीवन, मृत्यु, कर्म, र आत्मा-परमात्माको गूढ रहस्यहरू उजागर गर्नुभयो । उहाँले सांसारिक र आध्यात्मिक जीवनको बीचमा सन्तुलन कायम राख्न मानिसहरूलाई मार्गदर्शन गर्नुभयो। श्रीकृष्णको व्यक्तित्वमा दिव्य र मानवीय गुणहरूको उत्कृष्ट सम्मिश्रण छ । भगवान विष्णुको अवतार भएर पनि उहाँले मानव जीवनको साधारणतासँगै उच्च आध्यात्मिक चेतना र दैवीय शक्तिहरूलाई प्रस्तुत गर्नुभयो । श्रीकृष्णले जीवनभर धर्मको पालन गर्दै अधर्मको नाशको प्रयास गर्नुभयो । महाभारतमा अर्जुनलाई धर्मको मार्ग देखाउँदै भगवद्गीतामा जीवनका हरेक पक्षलाई धर्मको दृष्टिकोणबाट हेर्न प्रेरित गर्नुभयो । श्रीकृष्णको व्यक्तित्व प्रेम र करुणाको प्रतीक हो ।

गोपिनीहरू, राधा, र भक्तजनहरूसँग उहाँको सम्बन्धले प्रेमको गहिरो अर्थ र आत्माको सम्बन्धलाई प्राथमिकता दिएको देखाउँछ । श्रीकृष्णले मित्रता र नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभयो। उहाँको मित्रता अर्जुन, सुदामा, र अन्यहरूसँग विशेष रूपमा उल्लेखनीय छ । महाभारतमा उहाँले कुशल नेतृत्व गरेर न्यायको विजय सुनिश्चित गर्नुभयो। श्रीकृष्ण एक कुशल राजनीतिज्ञ थिए, जसले धर्म र न्यायको स्थापनाका लागि विभिन्न रणनीतिहरू अपनाउनुभयो। उहाँले महाभारतको युद्धमा पाण्डवहरूको पक्षमा न्यायको पक्षमा कुशलतापूर्वक साथ दिनुभयो ।

श्रीमद्भागवत गीतामा चार वेद अठार पुराणको सार प्रयोग गरिएको छ, जसमा कर्मयोग, भक्तियोग र ज्ञानयोगको महिमा उपदेश गर्नुभएको छ, र त्यही गीता ग्रन्थ नै हाम्रो सनातन हिन्दु समाजको धरोहर हो । हाल यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको ग्रन्थको रुपमा स्थापित छ ।

श्रीकृष्णको व्यक्तित्व बहुआयाम र गहिरो छ, जसले धार्मिक, सामाजिक, र व्यक्तिगत जीवनमा गहिरो प्रभाव पार्दछ । उहाँको जीवन र शिक्षाले प्रेम, करुणा, धर्म, मित्रता, भक्ति, र नेतृत्वका महत्त्वपूर्ण पाठहरू दिन्छ । श्रीकृष्णको व्यक्तित्वले जीवनमा सन्तुलन र उच्च चेतनाको प्राप्तिका लागि प्रेरित गर्दछ । जय श्रीकृष्ण अस्तु ।।

पण्डित नारायणप्रसाद दुलाल

लेखक ज्योतिषाचार्य / वास्तुविद् हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found