कचनकवल ३ का वडा सदस्य मेघलाल राजवंशीको निधन

बनियानी । झापाको कचनकवल गाउँपालिका वडा नं ३ का वडा सदस्य मेघलाल राजवंशीको निधन भएको छ।

६० वर्षीय राजवंशीको निधन बुधबार राति १:३० बजे आफ्नै निवासमा भएको हो।

राजवंशी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए। उनी लामो समयदेखि क्यान्सरसम्बन्धी रोगबाट पीडित थिए।

आज (बुधबार) परम्पराअनुसार दिउँसो १२ बजे स्थानीय आमबाडी घाटमा उनको दाहसंस्कार गरिने बताइएको छ।

साथै आज कचनकवल गाउँपालिकामा एकदिन शोक विदा दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति