सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ । अघिल्लो दिनको रेकर्ड बिहीबार नै तोडिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति