पाँचथरको फालेलुङ–५ मा बम पड्किँदा चारजना बालबालिका घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय दिलिम साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा, अढाई वर्षकी छोरी प्रिन्सा साँवा, ७ वर्षीय दिपशन राई र अर्का ९ वर्षीय पवन राई रहेका छन् ।
गम्भीर घाइते भएका ११ वर्षीय दिपशन साँवा र २ वर्षीय प्रियसा सावाँलाई जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभए पछि थप उपचारको लागि सुविधा सम्पन्न अस्पतलामा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हेमन्त भण्डारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दिउँसो साढे २ बजे बम विस्फोट भएको थियो । बालबालिका खेलिरहेका बेला बम पड्किएको प्रहरीले जनाएको छ । घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विस्फोटक पदार्थ कहाँ र कस्तो अवस्थामा थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।भण्डारीले भने, ‘ठ्याक्कै कहाँ कस्तो अवस्थामा विस्फोटक पदार्थ थियो भन्ने खुलेको छैन ।