बिवाहेत्तर सम्बन्धका कारण अर्जुनधारामा दुईजनाले गरे एकै समयमा आत्महत्या

बिर्तामाेड । झापाकाे अर्जुनधारामा एक महिलाले आत्महत्या गरेकाे ३ घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियाे कल गरेर आत्महत्या गरेका पुरुषले त्यसकाे केही समयपछि आत्महत्या गरेका हुन् । 

अर्जुनधारा नगरपालिका-६ लक्ष्मिटोलकी अन्दाजी २४ की नम्रता पाठकले आज बिहान साेही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियाे कल गरेर आत्महत्या गरेकी थिइन् ।

पुजा काेठामा सलकाे पासाे लगाएर उनले आत्महत्या गरेकाे प्रहरीले जनाएकाे छ । आज बिहान साढे ९ बजे ढाेका खाेलेर हेर्दा उनी झुण्डिएकाे अवस्थामा फेला परेकी थिइन् । 

त्यसकाे केही समयपछि ढुङ्गेलले पनि घरमा काेही नभएकाे समयमा आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकाे पाइएकाे छ । पाठकले वाट्सएपमा ढुङ्गेललाई भिडियाे कल गरेर आत्महत्या गरेकी थिइन् ।

प्रहरीले उनीहरुबिच बिवाहेत्तर सम्बन्ध रहेकाे आशंका गरेकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति