भागीरथा बुद्धशान्ति अस्पतालमा व्यवस्थापकीय समस्याबारे विरोध प्रदर्शन

बुधबारे। झापाको बुद्धशान्ति ३ स्थित भागीरथा बुद्धशान्ति अस्पतालमा देखिएका व्यवस्थापकीय समस्याहरूको विरोधमा अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) र राष्ट्रिय युवा संघ नेपालले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्।

आज (आइतबार) संगठनले अस्पतालमा जनताबाट आएका गम्भीर गुनासाहरूलाई सम्बोधन गर्न ध्यानाकर्षण पत्र बुझाएका छन्।

प्रमुख गुनासाहरूमा औषधि उपलब्धतामा समस्या, सातै दिन २४ घण्टा सेवा सुविधा नहुनु, अस्पतालको आफ्नै भवन उद्घाटन भएको तीन महिना बित्दा पनि रेडक्रस सोसाइटीकै भाडाको भवनमा सञ्चालन भइरहेको, र बिरामीलाई रेफर गर्दा देखिएका अनियमितताहरू समावेश छन्।

अस्पतालमा आवश्यक औषधि नियमित रूपमा उपलब्ध नगराइँदा स्वास्थ्य सेवाको गुणस्तरमा गम्भीर असर परेको छ। साथै, बिरामीलाई कुनै पनि समयमा सेवा उपलब्ध नभएको कारणले स्वास्थ्य जोखिम बढेको भन्दै २४ घण्टा सेवा उपलब्ध गराउन माग गरिएको छ।

रेफर प्रक्रियामा देखिएका समस्याहरू पनि प्रदर्शनको मुख्य मुद्दा बनेका छन्। बिरामीलाई रेफर गर्दा देखिएको अनियमितता र लापरवाहीप्रति प्रदर्शनकारीहरूले गम्भीर ध्यानाकर्षण गराउँदै, उचित र प्रभावकारी रेफर प्रणाली लागू गर्न आवश्यक सुधारात्मक कदम चाल्न अस्पताल प्रशासनलाई आग्रह गरेका छन्।

यस सन्दर्भमा, अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन भट्टराई र राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्ति अध्यक्ष विक्रम थेबेले संयुक्तरूपमा ध्यानाकर्षण पत्र तयार गरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुमेश चौधरीलाई बुझाएका छन्।

संगठनले जनताको स्वास्थ्य सेवामा कुनै पनि खालको लापरवाही सह्य नहुने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा