बिर्तामोड । झापाको कन्काई नगरपालिका–३ एकान्त टोलमा रहेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको छ ।
शनिवार राति विद्युत सर्ट भई सूर्य चौलागाँईले सञ्चालन गरेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको हो ।
आगलागीबाट काठको बेरा र टिनको छाना भएको फार्मको काठपात, कुखुराको दाना, दाना बनाउने दुईवटा मेशिन, १० वटा कुखुराको माउ र चल्ला गरी करिव ३ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।