१२७ अंकले बढ्यो शेयर बजार

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेले १२७ अंकको वृद्धि सहित दुई हजार ८२३ अंक पार गरेको छ। यसले बजार फेरि उचाइतिर फर्किन लागेको संकेत गरेको छ।

नयाँ सरकार गठनसँगै चुलिएको शेयर बजार परिसूचक नेप्सेले साउन ३० मा तीन हजार अंक पार गरेको थियो। त्यसयता बजार लगातार घटेको थियो।

बैंक तथा वित्तीय संस्थामा लगानीका लागि पर्याप्त रकम रहेको तथा ब्याजदर घटेका कारण शेयर बजारका लागि अनुकूल वातावरण छ। सोमबार बजार ४.७२ प्रतिशतले बढेको हो।

त्यस्तै, कारोबार भएकामध्ये पाँच कम्पनी बाहेक अन्यको मूल्य बढेको छ। नेशनल हाइड्रो, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, एनएलजी इन्स्योरेन्स सहित डेढ दर्जन कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ।

सोमबार १३ अर्ब १० करोड रुपैयाँ मूल्यको शेयर किनबेच भएको छ। यो यसअघि बजार तीव्र गतिमा बढेको वेलाभन्दा भने थोरै हो।

नेप्सेमा गुडविल फाइनान्स, अपि हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स लगायत कम्पनीको धेरै शेयर किनबेच भएको छ। सोमबार शेयर बजारको पूँजीकरण अर्थात् कुल सम्पत्तिको मूल्य ४४ खर्ब ८४ अर्ब रुपैयाँ हाराहारी पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति