काठमाडौं । विगत चार दिनमा सुनको भाउ प्रतितोला १२०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भयो । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ कम हो ।
गत बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ निरन्तर झरेको छ । हालसम्म १२०० रुपैयाँ घटिसकेको छ ।
चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७९५ रुपैयाँ रहेको चाँदी सोमबार १७७५ रुपैयाँमा कारोबार भयो ।