विराटनगर । विराटनगर महानगरपालिका ३ पोखरीया मावी विद्यालयकी एक छात्राले स्कुलको २ तल्ले भवनबाट हाम फाल्दा गम्भिर घाईते भएकी छिन् ।
कक्षा १० मा अध्ययनरत १६ बर्षकी संगिता मुर्मुले सोमबार बिहान हाम फालेको विद्यालयका प्राचार्य खेमराज भट्टराईले जानकारी दिए ।
उनको अहिले विराटनगर स्थित नोबेल हस्पिटलमा उपचार भईरहेको जनाएको छ । उनको अवस्था बाहिर चोटपटक नलागे पनि भित्री चोटपटक के छ भन्ने विषयमा थप रिर्पोटहरु आएपछि मात्रै थाहा हुने अस्पतालका चिकित्सकले बताए ।
विराटनगर १ भट्टाचौक घर भएकी मुर्मुले यस अघि पनि विद्यालयका शिक्षक शिक्षिका र साथीहरुलाई हाम फाल्ने धम्की दिने गरेको बुझिएको छ ।
संगिताका बुबाले छोडेर गएको र आमा गितादेवी मुर्मुसँग बस्दै आएकी उनी मानसिक समस्या रहेको स्कुल प्रशासनले जनाएको छ ।