सेवा निवृत्त शिक्षक खरेलको भव्य बिदाई

बिर्तामोड । झापाको शिवसताक्षीको दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षकलाई सम्मान साथ घरसम्म स्कटिङ्ग गरेर विदाई गरिएको छ ।

आजबाट शिक्षण पेशाबाट सेवा निबृत्त भएका शिक्षक श्रीप्रसाद खरेललाई विद्यार्थीहरुले गाडीमा राखी बजार परिक्रममा गराई घरसम्म स्कटिङ्ग गरेर पुर्याएका हुन् ।

शिक्षक खरेल वि.सं. २०४१ आश्विन २४ गतेबाट आफु जलेर अरुलाई प्रकाश छर्ने शिक्षण पेशमा शिवसताक्षी दुधे कै सतासी प्राथमिक विद्यालयबाट शिक्षण पेशामा प्रवेश गरेका थिए ।

२०४८ साल मंसिर १ गतेदेखि प्रावि तहमा स्थायी र २०५७ साल चैत्र १ गतेदेखि राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा सरुवा भएर आएका थिए ।

२०६१ साल बैसाख ३१ गते मावि तहमा कार्यरत रहँदा २०६३ सालदेखि भानु मावि लालझोडमा ४ वर्ष अध्यापन गराई २०६७ सालमा पुन राष्ट्रिय रमणीयमा अध्यापन गराउन थालेका थिए ।

लामो समय शिक्षण पेशामा लागेका शिक्षक खरेल मावि तह द्वितीय श्रेणीमा रहँदा सेवा निबृत्त भएका हुन्। आफुले ३९ वर्ष ०८ महिना २४ दिन सेवा गरेको स्वयम शिक्षक खरेलले जानकारी दिए । खरेल सामाजिक विषयका शिक्षक हुन् ।

1000026668

खरेलले आफु विदाई हुँदा विद्यालय परिसरमा आफ्नो दिवंगत पिताका सम्झानामा फुलको विरुवा रोपेका छन् । आज बुबाको मुख हुेर्ने दिन परेकोले पनि खरेलले पिताको सम्झाना विरुवा रोपेको बताए ।

शिक्षक खरेललाई विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले फुल माला, सहित मायाको चिनो प्रदान गरेका थिए । खरेलले लामो समयमा शिक्षण पेशामा रहेकाले केही समय आराम गर्ने र बाँकी समय सामाजिक सेवामा लगाउने बताएका छन् ।

शिक्षक विदाईमा शिक्षक गोविन्द काफ्ले, लीला गेलाल र राजकुमार ठाकुरले विदाइ मन्तव्य राखेका थिए, भने प्रअ लालमणी सुवेदीको अध्यक्षता र सञ्चालन अम्मिता राईले अम्मिता राईले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति