हल्दीबारीमा अब प्रहरीको पुस्तक अध्ययन गराइने

हल्दीबारी । झापाको हल्दिवारीका विद्यालयहरुमा प्रहरीको पुस्तक पठनपाठन गराइने भएको छ ।

समुदाय–प्रहरी साझेदारी अन्तर्गत प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाडौले तयार पारेको “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम” पुस्तकलाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य पठनपाठन गराइने भएको हो । जसका लागि आज त्रि–पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, हल्दिवारी गाउँपालिकाको तर्फबाट शिक्षा शाखा प्रमुख जनककुमारी राई र गाउँपालिकाको सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका तर्फबाट जनजागृति माध्यमिक विद्यालय हल्दीबारी–१ की प्रधानाध्यापक इन्दिरादेवी कँडेल (चुडाल) ले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त समझदारीपत्रको रोहवरमा गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद झापा हल्दिवारीका विद्यालयहरुमा प्रहरीको पुस्तक अनिवार्य रुपमा पठनपाठन गराइने भएको छ ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाडौले तयार पारेको “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम” पुस्तकलाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य पठनपाठन गराइने भएको हो । जसका लागि आज त्रि–पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गाउँपालिकाका अध्यक्ष लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बास्तोलाको प्रमुख आतिथ्य रहेको थियो। प्रहरी उपरीक्षक के.सी., सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उप–अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, पालिकाका ५ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा–सदस्य, विद्यालयका प्रधानाध्यापकहरु, गाउँपालिकाको विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रमुख प्रशासकीय अधिकृत वनले स्वागत गरेको कार्यक्रममा प्रहरी चौकी जलथल झापाका प्रमुख प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” को आवश्यकता, औचित्य र विषयवस्तुमाथि आफ्नो प्रस्तुतीकरणमार्फत जानकारी गराएका थिए।

प्रहरी उपरीक्षक के.सी. र प्रमुख जिल्ला अधिकारी बास्तोलाले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए। र पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले हस्ताक्षर गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत वनले स्वागत गरेको कार्यक्रममा प्रहरी चौकी जलथल झापाका प्रमुख प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” को आवश्यकता, औचित्य र विषयवस्तुमाथि आफ्नो प्रस्तुतीकरणमार्फत जानकारी गराएका थिए।प्रहरी उपरीक्षक के.सी. र प्रमुख जिल्ला अधिकारी बास्तोलाले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found