कोशीमा जटिल रोग लागेका ५ सय बिरामीले पाए ५ करोड सहायता

विराटनगर । कोशी प्रदेश सरकारले जटिल रोग लागेका ५ सय बिरामीलाई आर्थिक सहायता प्रदान गरेको छ । आर्थिक सहायताका लागि २०८०-८१ मा २ हजार ७ सय जना बिरामीले स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए ।

निवेदन दिएकामध्ये जटिल रोग लागेका ५ सय जना बिरामीलाई प्रदेश सरकारले ५ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन्द्र निरौलाले बताए ।

क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी र सिकलसेन एनिमियालगायतका पाँच सय जना विरामीलाई रु एक लाखका दरले आर्थिक सहायता वितरण गरिएको हो ।

जटिल रोगका ती बिरामीलाई १ लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो । बजेट अभावका कारण अझै २ हजार २ सय बिरामीलाई आर्थिक सहायता उपलब्ध गराउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति