काठमाडौं । विगत तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनदेखि सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव न्यून रहेपछि नेपालमा पनि मूल्य स्थिर रहेको हो । भदौ १३ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार २ सय रुपैयाँ पुगेको थियो ।
चाँदी भने तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १७५५ रुपैयाँ कायम भएको छ ।