मेचीपुलबाट एकै समयमा चारजना लागूऔषध कारोबारी पक्राउ

बिर्तामोड । पूर्वीनाका काँकडभिट्टाबाट लागूऔषध ब्राउन सुगर आयातको ट्रान्जिट बन्दै गएको छ ।

EPIC EPIC

प्रहरीले दैनिकजसो लागूऔषध कारोबारीलाई पक्राउ गर्न थालेपछि देशभरका कारोबारीको काँकडभिट्टा नाका ट्रान्जिट बनेको पाइएको हो ।

बिहीबार साँझमात्र लागूऔषधसहित मेची पुलबाट चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा तीन नेपाली र एक भारतीय रहेका छन् ।

साँझ ७ बजे मेचीनगर– ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पाँचथर फिदिम नगरपालिका वडा न १० स्थायी घर भई हाल मोरङ बेलबारी नगरपालिका ४ बस्ने २८ वर्षीय बिरेन लोवालाई शंका लागेर चेकजाँच गर्दा मलद्वारभित्र लुकाई ल्याउँदै गरेको अवस्थामा १० ग्राम ६७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै सोहि समयमा मेची पुलमा भारतबाट सिटीसफारीमा नेपालतर्फ आउँदै गरेका भारतको पश्चिम बंगाल जिल्ला जलपाइगुडी बाँदरहाट बस्ने २२ वर्षीय मनोज शर्मा १ ग्राम ३२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

त्यस्तै मेची पुलमै भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक नगरपालिका ९ बस्ने २४ वर्षीय तिलक मग्रान्ती १ ग्राम ३५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

त्यस्तै राति ८ बजे मेची पुलमै सप्तरी सुरुङ्गा नगरपालिका १ सिसुवारी बस्ने २२ वर्षीय एलन बिष्टलाई ७ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found