बिर्तामोड । इण्डोनशियाको बालीमा एसोसिएसन अफ कन्फेरेडेसन अफ क्रेडिट यूनियन (अकु)को आयोजनामा भएको कार्यक्रममा सहारा नेपाल साकोस लाइफटाइम सर्पोटर मेम्बरको रुपमा सम्मानित भएको छ ।
संसारभरमा २० बटा भन्दा बढी मुलुकका उत्कृष्ट सहकारी संस्थाहरुका प्रतिनिधि सहभागी कार्यक्रममा संस्थालाई सो अवार्ड प्राप्त भएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार सो अवार्ड संस्थाका तर्फबाट संस्थाका अध्यक्ष हरीबहादुर राजबंशी लगायतले ग्रहण गरेका । सो अकु फोरममा अध्यक्ष राजबंशी, कार्यकारी प्रमुख गिरी, संचालक समितिका प्रथम उपाध्यक्ष छबिलाल खतिवडा, सदस्य नेत्रबहादुर नेपाल, उप निर्देशक दिनेशबहादुर निरौला, मातृका सुबेदी लगायतको सहभागिता रहेको छ ।
नेपालको सबैभन्दा ठुलो सहकारीको रुपमा स्थापित भएको सहारा नेपाल साकोसले यसअघि सन् २०१२ मा अकुबाटै क्यूमी पर्फमेन्स अवार्ड, स्मार्ट सर्टिफिकेशन अवार्ड प्राप्त गरिसकेको छ भने स्वावलम्बन विकास केन्द्को तर्फबाट नेपालमा उद्यमशलिता विकास पुरस्कृत भएको छ।