बमको धम्कीपछि भारतीय यात्रुवाहक विमान टर्कीमा आपत्कालीन अवतरण

मुम्बईबाट फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रबार पूर्वी टर्कीमा आपत्कालीन अवतरण गरेको छ।

२४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको थियो।

धम्की दिनेको खोजी भइरहेको बताइएको छ।

भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम विस्ताराले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन।

टर्कीका अधिकारीहरूले अहिलेसम्म बमको खतरा वा चेतावनीबारे विस्तृत विवरण दिएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

News-Agency
एजेन्सी

ट्रेन्डिङ

No data was found