शंकराचार्य पीठ साधुटारमा सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग हुने

nepalish-add

बुधबारे । साधुटारस्थित शंकराचार्यपीठमा आगामी माघ १ गतेदेखि ११ गतेसम्म सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग तथा गरुड महापुराण पाठ प्रवचन हुने भएको छ ।

राष्ट्रशान्तिको संकल्प लिएर उक्त महायाग हुन लागेको शंकराचार्यपीठ व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

भगवान शिवको पूजाआराधना, अभिषेकले सबै दुःख नष्ट हुने, सुख प्राप्ती हुने र अन्त्यमा मुक्ति प्राप्त हुने हुँदा कोशी प्रदेशमै पहिलोपटक आयोजना हुन लागेको सो महायागको माध्यमबाट सबैको कल्याण हुने समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले बताए ।

यज्ञहरु भइरहे पनि यज्ञमा अपनाउनुपर्ने मन्त्रशुद्धि, भावशुद्धि, द्रव्यशुद्धिमा कमी हुँदा दैनिक जसो अत्यन्त दुःखद घटना बढिरहेको वर्तमान अवस्थामा यस महायागको विशेष महत्व रहेको हुँदा पवित्र मन, श्रद्धा, निष्ठा, विचार र पूर्ण आस्था राखेर सबै सहभागी हुनुपर्नेमा अध्यक्ष खतिवडाले जोड दिएका छन् ।

१५१ जना पण्डित सहभागी हुने महायाग सम्पन्न गर्न अनुमानित दुई करोड रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

दाताहरुको दान र सहयोगबाट स्रोत जुटाउने लक्ष्य लिएको समितिले महायागबाट बचत भएको रकमले शंकराचार्यपीठ अन्र्तगत रहेको शंकराचार्य वेदवेदाङ्ग संस्कृत पाठशाला (गुरुकुल) को संरक्षण गर्ने उद्देश्यले सञ्चालित ११ करोडको अक्षयकोष स्थापना गर्ने महाअभियानलाई सहयोग पुग्ने बताइएको छ ।

महायाग अन्र्तगत विहान ८ बजेदेखि १२ बजेसम्म अभिषेक, पाठ र हवन तथा दिँउसो १ बजे प्रवचन र ३ बजे यज्ञ विश्राम हुने संस्थाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैबिच शंकराचार्यपीठ परिसरमा हुने महायाग यज्ञस्थलको सोही दिन भूमिपुजन गरिएको छ ।

शंकराचार्यपीठका संस्थापक एवम प्रमुख संरक्षक केदारनाथ खतिवडाको नेतृत्वमा भूमिपुजन सम्पन्न भएपछि सुनको फालीजडित हलोबाट सो क्षेत्रमा सांकेतिकरुपमा जोतिएको थियो ।

बिर्तामोडको चित्रकला गहना गृहका सञ्चालक निरज चुडालले सुनको फाली बनाएर सहयोग गरेको बताइएको छ । सो फालीको प्रयोग गर्दै भूमि जोतिएको थियो ।

संस्थाका प्रमुख संरक्षक केदारनाथ खतिवडाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको औचित्य माथि समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन महासचिव हरिप्रसाद नेपालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found