दमक । झापाको दमकमा भएको गौहत्यामा संलग्न बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका छन् ।
गाई काट्ने हतियार , जोख्ने तराजु र केही मासुसहित विष्टलाई शनिबार दमक प्रहरीले पक्राउ गरेको हो । उनलाई भोलि सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी स्रोतले जनाएको छ ।
मंगलवार राति दमक नगरपालिका- २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर लगेर हत्या गरिएको थियो ।
गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट सय मिटरको दूरीमा गाईलाई मारिएको थियो ।
घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै हिन्दुवादी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।
यो पनि पढ्नुहोस् ।