उर्लाबारी । मोरङको उर्लाबारीमा कान्छी आमाले खुकुरी प्रहार गर्दा बालिका घाइते भएकी छन् ।
प्रहरीका अनुसार उर्लाबारी–२ स्थित सत्रघरेमा ४० वर्षीया जशोदा लिम्बूले खुकुरीले टाउकोमा प्रहार गर्दा १५ वर्षीया विनिता लिम्बू घाइते भएकी हुन् ।
खुकुरी प्रहार गर्ने जशोदा विनिताकी कान्छी आमा हुन् ।
मादक पदार्थ सेवन (मापसे) गरेर जशोदाले खुकुरी प्रहार गर्दा घाइते भएकी विनितालाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
घाइते बालिकाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।घटनामा संलग्न जशोदालाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।