बिर्तामोड । झापाको दोमुखामा बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ ।
भद्रपुर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो ।उनीसँगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई भेटिएका छैनन् ।
दोमुखामा पौडी खेल्न आएका चारमध्ये दुईजना किशोर बेपत्ता भएका थिए ।
आज दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी दिए ।
‘पौडी खेल्न चारजना पसेका थिए । दुईजना निस्कन सफल भए भने अन्य दुईजना निस्कन सफल भएनन्’ फुयलले झापा टुडेसँग भने । दुवै किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।
उनीहरूको खोजीका लागि स्थानीयबासी, प्रहरी र आफन्त बेपत्ता भएको स्थान दोमुखा आइपुगेका छन् । उनीहरू दोमुखा ड्याममा पौडी खेल्दै थिए ।