केटीको विषयमा बिर्तामोडमा ग्याङ फाइट

बिर्तामोड । झापाको बिर्तामोडमा दुई समूहबीच झडप भएको छ । केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको हो ।

झडपमा एकजना घाइते भएका छन् भने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिकाको किरात चोकमा दुई अपरिचित पक्षबीच झडप भएको हो । केटीको विषयमा अन्दाजी १०/१२ जना युवाबीच ग्याङ फाइट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रहरीका अनुसार बिर्तामोड ६ बस्ने ३७ वर्षीय जागिर हुसेन घाइते भएका छन् । उनलाई उपचारको लागि मनमोहन अस्पताल लगिएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी १८ वर्षीय अरुण राई , सोही ठाउँ बस्ने अन्दाजी १७ वर्षीय सबिन तामाङ र वडा नम्बर ४ बस्ने १३ वर्षीय राकिब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट एउटा फलामको कट्टी, एउटा फलामको रडको रोल बरामद भएको छ ।

तीनजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति