कोदालो प्रहार गरी दाजुको हत्या

काठमाडौं । डोटीमा सहोदर भाइले कोदालो प्रहार गरी दाजुको हत्या गरेका छन् ।

EPIC EPIC

जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाजु गणेश बहादुर जोराको हत्या गरेको डीएसपी भिमलाल भट्टराइले जानकारी दिए।

डीएसपी भट्टराइका अनुसार सोमबार नै प्रहरीले नरबहादुरलाई नियन्त्रणमा लिइसकेको छ । सोमबार दिउँसो ३ बजेको समयमा नरबहादुरले दाजु गणेशबहादुरको टाउकोमा कोदालो प्रहार गरेका थिए ।

घरायसी विवादपछि झगडा हुँदा भाइले कोदालो प्रहार गरेको र दाजुको घटनास्थलमै मृत्यु भएको पाइएको डीएसपी भट्टराईले बताए ।

प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found