कोशीका पूर्व मुख्यमन्त्री कार्कीको सडकमा बास !

विराटनगर । निषेधित क्षेत्रमा अनसन बसेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएर बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित टंकीसिनवारीमा पुर्‍याएपनि कार्की गाडीबाट झर्न नमानेपछि पुन अनसन स्थलमै फर्किएका छन् ।

कार्कीलाई निक्कै समयसम्म त्यहाँ झार्ने प्रयास गरेको प्रहरीलाई कार्कीका कार्यकर्ताले समेत उनलाई झार्नबाट रोकेका थिए ।

कार्कीलाई त्यहाँ निक्कै बेर राखेर पछि प्रहरीले बाहिरै छाडेको थियो । कार्कीले राति नै फेरी निषेधित क्षेत्र भन्दा बाहिर गएर अनसन थालेका छन् ।

कार्की प्रदेश सभा अगाडि अनशन बसेपछि उनलाई अनसन स्थलबाटै प्रहरीले मङ्गलवार साँझ नियन्त्रणमा लिएको थियो । निषेधित क्षेत्रमा अनसन बसेपछि हटाउन पुगेको प्रहरीलाई कार्कीले नटेरेपछि नियन्त्रणमा लिएर घरमा लिएर गएको थियो ।

अहिले कार्की निषेधित क्षेत्र भन्दा बाहिर अनसनमा बसेका छन् । त्यहाँ व्यापक प्रहरी परिचालन गरिएको छ।

निषेधित क्षेत्रमा अनसन बस्न प्रतिबन्ध लगाइएकोले नियन्त्रणमा लिइएको थियो , अहिले निषेधित क्षेत्र भन्दा बाहिर अनसन थालेकोले त्यहाँ कुनै समस्या नभएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found