छिमेकीमाथि खुकुरी प्रहार गर्ने मेचीनगरका नेपाली पक्राउ

बिर्तामोड । खुकुरी प्रहार गरी दुईजना छिमेकीलाई घाइते बनाउने झापा मेचीनगर १० का ३२ वर्षीय मदन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले गएराति ९ बजेतिर मादक पदार्थ सेवन गरी छिमेकीहरु २४ वर्षीय अरण कवर र ३८ वर्षीय जुरेन कवरमाथि खुकुरी प्रहार गरेका थिए । अरुणको टाउको र देब्रे हातमा चोट लागेको छ भने जुरेनको तल्लो ओठमा चोट लागेको छ ।

घाइतेहरुलाई उपचारका लागि मनमोहन हस्पिटल बिर्तामोडमा ल्याइएको र खुकुरी प्रहार गर्ने नेपालीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति