अर्जुनधारामा पूजाकाे प्रसाद खाँदा बिरामी हुनेकाे संख्या ६६ पुग्याे

अर्जुनधारा । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ ।

अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँ नै प्रसाद खाँदा बिरामी परेको हो । बिरामीमध्ये ६६ जनाकाे नगर अस्पतालमा उपचार भइरहेकाे छ । 

स्थानीय रीता निरौलाको घरमा बुधबार पूजा लगाइएको थियो । पूजामा १०० जनाभन्दा धेरैले प्रसाद खाएका थिए । प्रसाद खाने अधिकांस बिरामी परेको अर्जुनधारा नगर अस्पतालका प्रशासन प्रमुख राजबिक्रम खड्काले जानकारी दिए ।

पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई वान्ता र डायरिया भएको थियो । ज्वरो पनि आएको छ । पुजाको प्रसादमा फुड पोइजन हुँदा गाउँ नै बिरामी परेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । बिरामीमध्ये ६६ जनाकाे नगर अस्पतालमा उपचार भइरहेकाे छ । 

अब नगर अस्पतालकाे क्षमताले धान्न नसक्ने अवस्था आउन लागिसक्याे, अर्जुनधारा नगरपालिकाका मेयरकाे सचिवालयमा कार्यारत कर्मचारी नन्दलाल खतिवडाले भने- ‘अब बिरामी थपिए भने अन्यत्र रिफर गर्नुपर्ने हुन्५ । अहिले बेड अभावमा बार्दली, अस्पतालकाे प्यासेज लगायतका स्थानमा राखेर उपचार भइरहेकाे छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति