उच्च मूल्यबाट १ सय घट्यो सुन

काठमाडौं । बुधबार उच्च मूल्यमा पुगेको सुन बिहीबार तोलामा १ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि पनि सुन प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ५३ हजार ४ सय थियो । भदौको कुनै पनि दिन सुनको मूल्य १ लाख ५१ हजार रुपैयाँभन्दा तल झरेन ।

यसले आगामी महिना सुनको मूल्य थप महँगिन सक्ने संकेत गरेको छ । त्यस्तै बिहीबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७८० रुपैयाँ रहेको चाँदी आज १७९५ रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found