मोरङमा भएको स्कुटर दुर्घटनामा झापा मेचीनगरका राईको मृत्यु

बिराटनगर । मोरङमा भएको स्कुटर दुर्घटनामा झापा मेचीनगरका कृष्णकुमार राईको मृत्यु भएको छ ।

मोरङको किसान चौक–टाँडी रमिते सडकखण्डमा पर्ने माने मिक्लुखोला पुल उत्तर प्रदेश १ –०२ –०५२ प ४०६४ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक मेचीनगर १ का कृष्णकुमार राईको घटनास्थलमै मृत्यु भएको हो ।

सोही स्कुटरमा पछाडी सवार मिक्लाजुङ ६ बाँझोखेका सुरज राई घाइते भएका छन् । उनलाई उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति