पाँच वर्षीया बालिकालाई मुख मैथुन गर्ने बिर्तामोडका शाह पक्राउ

बिर्तामोड । झापा बिर्तामोडकी एकजना पाँच वर्षीया बालिकालाई मुख मैथुन गर्ने बिर्तामोड सैनिकमोडका प्रदिप शाह पक्राउ परेका छन् ।

५२ वर्षीय शाहले भदौ २७ गते बेलुका पाँच वर्षीया छिमेकी बालिकालाई ललाइफकाई मुख मैथुन गरेका थिए ।

त्यस घटनाबारे बालिकाले आफ्ना अभिभावकलाई बताएपछि उनीहरुले हिजो इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए ।

प्रहरीले हिजो नै शाहलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति