बुधबारे । भगीरथा बुद्धशान्ति अस्पतालको नियमित सेवा असोज २ गते देखि ५ गते सम्म बन्द रहने बुद्धशान्ति गाउँपलिकाले एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
अस्पतालको सेवा २०८१ असोज ६ गते बाट नवनिर्मित भवनबाट संचालन हुन विज्ञप्तीमा उल्लेख छ ।
अस्पताल स्थानान्तरणका क्रममा सेवा सँग सम्बन्धित उपकरण, औजार, फर्निचर, औषधी लगायत सामाग्री स्तान्तरण गरी उपकरण जडान गर्न समय लाग्ने हुदाँ चार दिनका लागि सेवा बन्द गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।