बुधबारे । बुधबारे जेसीजले नेपाल जेसीजको ६० औं स्थापना दिवसको अवसरमा मंगलबार विद्याथीसँग जेसीज कार्यक्रम सम्पन्न गरेको छ ।
बुद्धशान्ति ३ स्थित एरा एभर अंग्रेजी विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुसँग जेसीजका बारेमा तथा उनीहको व्यक्तित्व तथा नेतृत्व क्षमता विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो ।

विद्यार्थीहरुलाई जेसीजका बारेमा तथा जेसीज गतिविधिहरुका बारेमा जानकारी गराउने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रमको सहजीकरण बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष दुर्योधन सिंह राजपुतले गरेका थिए । साथै विद्याथीहरुको व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी अन्तरक्रियाको सहजीकरण बुधबारे जेसीजका उपाध्यक्ष सुरज दंगालले गरेका थिए । कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी, शिक्षक, जेसीज सदस्य तथा वर्ष २०२४ का बोडका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
बुधबारे जेसीजका सदस्य विजय धिमालको संयोजक्त्वमा सम्मन्न कार्यक्रमको अध्यक्षता बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष दुर्योधन सिंह राजपुतले गरेका थिए भने एरा एभर अंग्रेजी विद्यालयका प्रबन्ध निर्देशक खगेन्द्र मैलानीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन संचारकर्मी तथा बुधबारे जेसीज सदस्य रोशन भट्टराईले गरेका थिए भने जेसीज आस्था पाठ वर्ष २०२४ का थिम डाइरेक्टर कृष्ण ढकालले गरेका थिए ।