गुलशन र रोहितको अर्धशतकमा नेपालले ओमानलाई दियो २२१ रनको लक्ष्य

काठमाडौं । युवा अलराउण्डर गुलशन झा र कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग–२ मा ओमानलाई २२१ रनको लक्ष्य दिएकोछ ।

किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनायो ।

नेपालका कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको महत्वपूर्ण इनिङ खेले ।

तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको आक्रामक इनिङ खेले ।

गुलशनले ४६ औं ओभरमा ओमानका कप्तान अकिब इलियासलाई समान दुई चौका र छक्कासहित २३ रन प्रहार गरेका थिए ।

एक समय १३.१ ओभरमा ३१-३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि रोहित र आरिफ शेखले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट भए । ओपनर अर्जुन साउद ५, भीम सार्की, आरिफ शेख ११-११ तथा अनिल साह ३ रनमा आउट भए ।

सोमपाल कामी ८ बलमा २ छक्कासहित २० रनमा रन आउट भए । सन्दीप लामिछाने १५ बलमा ११ रनमा नट आउट रहे ।

ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले २-२ विकेट लिए । सकिल अहमद र शोएब खानले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति