काठमाडौं । बिहीबार सुन तोलामा ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन दिनका लागि सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ थियो ।
यसअघि भदौको अन्तिम दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८८० रुपैयाँ कायम भएको छ ।