दुर्गा प्रसाईँको पक्राउ पुर्जीविरुद्ध विरोध प्रदर्शन

बिर्तामोड । बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँलाई पक्राउ पुर्जी जारी गरिएको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन थालिएको छ ।

यसक्रममा आज दिउँसो उनका समर्थक रुले झापाको दमकमा विरोध प्रदर्शन गरेका छन् । त्यस्तै सर्लाहीको लालबन्दीमा पनि सयौँ समर्थक रुले प्रदर्शन गरिरहेका छन् ।

प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले प्रसाईँविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन आग्रह गरेको छ ।

सरकारले तत्काल फिर्ता नलिए आन्दोलन गर्ने सो संगठनले चेतावनीसमेत दिएको छ ।

अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँ , प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेमाथि कपोकल्पित र झुटो मुद्दा दायर गर्दै पक्राउ पुर्जी जारी गरी राज्यले दमनकारी नीति अपनाएको ठहर गरिएको छ ।

सो नीति सरकारले तत्काल फिर्ता नलिए आज देशैभर विरोध सभा, राँके जुलुस, विरोध प्रदर्शन गर्ने र भोलिबाट देशैभर चक्काजाम , विरोध सभा, धर्ना लगायतका कार्यक्रम अघि बढाउने विज्ञप्तिमार्फत अभियानले चेतावनी दिएको छ ।

उनीहरूमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लङ्घन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अनुमति माग गरेअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले पुर्जी जारी गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए ।

प्रसाईँलाई अहिलेसम्म प्रहरीले पक्राउ गरिसकेको छैन । उनी भक्तपुरस्थित आफ्नै निवासमा छन् ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो आन्दोलन सिद्ध्याउन सो षडयन्त्र गरेको उनले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ट्रेन्डिङ

No data was found