एकैदिन सुन तोलामा १५ सय बढ्यो

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि भदौ अन्तिम दिन १ लाख ५७ हजार ३ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८८० रुपैयाँ रहेको चाँदी यस दिन ३५ रुपैयाँ बढेर १९१५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found