ताप्लेजुङमा डुबेर हाइड्रोपावरका कर्मचारीको मृत्यु

ताप्लेजुङ । पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार युनाइटेड मेवाखोला हाइड्रोपावरमा काम गर्ने कर्मचारी २१ वर्षीय लाक्पा शेर्पाको डुबेर मृत्यु भएको हो ।

मेरिङ्देन गाउँपालिका–३ माटे मेवाखोलाको दहमा पौडी खेल्ने क्रममा डुबेपछि पौडिन जान्नेहरूले उनलाई निकालेका थिए । तर दहबाट निकाल्दा मृत्यु भइसकेको पाइएको बस्नेतले बताएका छन् ।

प्रहरी चौकी सान्थाक्राबाट गएको प्रहरी सहायक निरीक्षकको टोलीले आवश्यक अनुसन्धान गरी उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ट्रेन्डिङ

No data was found