विवाहेतर सम्बन्धले लियो निर्मला र छोराको ज्यान

विराटनगर । दुई साताअघि घरभित्रै मृत भेटिएका आमा–छोराको हत्यारा पत्ता लागेको छ।

EPIC EPIC

१५ दिनअघि घरभित्रै मृत भेटिएका कटारी नगरपालिका १० सोरुङछविसेका निर्मला थापा र उनका नाबालक छोराको हत्या गर्ने व्यक्ति शुक्रबार प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा स्थानीय ३१ वर्षीय ताराबहादुर मगर रहेका छन्।

लामो समय अपराधी पत्ता लगाउन नसकेपछि संलग्नताको आशंकामा एक दम्पतीसहित ३ जनालाई नियन्त्रणमा लिएर ‘सफ्ट र हार्ड कर्नर’बाट प्रहरीले अनुसन्धान थालेको थियो।

अपराध स्वीकारेसँगै उनको विषयमा गहिरो अनुसन्धान थालेको प्रहरीले घट्नामा प्रयोग भएको हतियार र मृतकको मोबाइल समेत फेला पारे पारेको छ।

घटना घटाएर लुकाई राखेको खुकुरी १ थान र खोलामा फालेको मृतकको फुटेको मोबाइल प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार घटनास्थलदेखि ३ सय मिटर टाढा सोरुङ खोला पारि मगरको घर छ।

निर्मलाका श्रीमान् अशोक २ वर्षयता दोस्रो बिहे गरेर भारतमा बस्दै आएका छन्। निर्मला नाबालक छोराका साथ पसल गर्दै आएकी थिइन्। पसलमा आउने जाने, मदिरा सेवन गर्ने गरेका मगर र निर्मलाबिच विवाहेतर सम्बन्धका घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उनीहरूबिचको हिमचिमलाई लिएर मगरकी श्रीमती र निर्मलाबिच केही समयअघि विवादसमेत भएको प्रहरीको भनाइ छ।

गत भदौ २० गते बिहान ८ः२० बजे सोरुङछविसे वडा कार्यालय परिसरको पसलमा थापा आमा छोरा मृत भेटिएका थिए।

वडा कार्यालय परिसरमा सञ्चालित खाजा पसलमा ६ वर्षीय आरुस थापा र उनकी आमा ३८ वर्षीया निर्मला मृत भेटिएका थिए।

तीजको दर खाने अघिल्लो दिन दिनभरि पसल चलाएर राति त्यहीँ सुतेका आमा–छोरा बिहान रक्ताम्मे अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

यो पनि पढ्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found