ससुराको हत्यामा संलग्न भएको आशंकामा ज्वाई पक्राउ

विराटनगर । पथरी शनिश्चरे नगरपालिका ७ मायालु चौक बस्ने वर्ष चन्द्र बहादुर तामाङको हत्यामा संलग्न भएको आशंकामा एक व्याक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहन विक्रम दाहालका अनुसार आज धनकुटाको मुलघाटबाट उनी पक्राउ परेका हुन ।पक्राउ पर्नेमा चन्द्र बहादुरकै छोरी ज्वाई रविन्द राई रहेको डिएसपी दाहालले जानकारी दिए ।

हत्या हुनु भन्दा अघिल्लो दिनसम्मा ससुरा ज्वाई एकै घरमा खाना खाने बस्ने गरेको र चन्द्र बहादुरको हत्या भएपछि ज्वाई रविन्द्र फरार थिए ।

घरेलु हतियार दाउले पटक पटक घाँटीमा हानेको अवस्थामा शव घरको प्यासेजमा लडेको अवस्थामा थियो ।

ज्वाई रविन्द्र सुत्ने गरेको कोठाबाट प्रहरीले रगत लतपतिएको कपडाहरु बरामद गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जनाएका छन् ।

चन्द्र बहादुरका श्रीमती छोरा र छोरी रविन्दको श्रीमती बैदेशिक रोजगारी रहेको परिवार स्रोतले जानकारी दिएको छ । रविन्द्रको आफुसंग सरसल्लाह नगरी श्रीमती विदेश गएपछि ३ जनालाई मार्छु भन्दै हिडने गरेको उनका आफन्तहरुले बताए ।

अहिले चन्द्र बहादुरको शव धरान घोपाको शवगृहमा राखिएको र अन्तिम संस्कारको लागी श्रीमती छोरा पनि आउने तयारी रहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ट्रेन्डिङ

No data was found