बिराटनगर । मोरङको पथरीशनिश्चरेमा धारिलो हतियार प्रहार गरी ससुराको हत्या गर्ने ज्वाइँलाई प्रहरीले सार्वजनिक गरेको छ।
असोज ५ गते बिहान पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोकका ६२ वर्षीय चन्द्रबहादुर तामाङ आफ्नै घरमा धारीलो हतियार गरी हत्या गरिएको अवस्थामा फेला परेका थिए ।
घटनास्थलमा फलामको धारिलो दाउ फेला परेको थियो भने घटनामा संलग्न चन्द्रबहादुरका ज्वाइँ कानेपोखरी–५ का २९ वर्षीय रविन राई फरार भएका थिए ।
उनलाई खोज तलासको क्रममा असोज ६ गते धनकुटा मुलघाट भन्ने स्थानमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक ससुरा र ज्वाइँ बीच मादक पदार्थ सेवन पश्चात विवाद हुँदा धारिलो हतियार फलामको दाउले प्रहार गर्दा ससुरा तामाङको घटनास्थलमै मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्।