दशैंको अवसरमा इलामको पाथीभारा मन्दिरमा भण्डारा

रोङ (कुटिडाँडा) । इलामको पाथीभरा मन्दिरमा झापाका ब्यवसायीहरूबाट भण्डरा हुने भएको छ । दशैको सन्दर्भ पारेर झापाका ब्यपारीहरुको समुह पाथीभरा भण्डरा समिति बिर्तामोडले प्रसाद बितरण कार्यक्रम आयोजना गर्न लागेको हो । यो १९ औ पटकको भण्डारा हो ।

EPIC EPIC

हरेक बर्ष असोज शुक्ल पक्ष र चैत्र शुक्ल पक्ष मा यो भण्डरा आयोजना हुदै आएको भण्डरा यस बर्ष आगामी कातिक ४ गते शनिबार फूलपातीको दिन मन्दिर परिसरमा आयोजक समितिका सदस्य सन्तोष अग्रवालले बताए । ब्यापरी समुहले आम्दानीको केही हिस्सा संकलन गरेर सामाजिक क्षेत्रमा लगाउने गरेको छ ।

बिगत ८ बर्ष अघि बाट लगातार सञ्चालन हुदै आएको यो कार्यक्रम कोरनाको कारण कोरनाकालमा भने सामान्य रुपमा प्रसाद मात्र बितरण गरेर आयोजना गरिएको सदस्य अग्रवालले बताउनुभयो । आयोजकले यस अघि पाथीभरा मन्दिर भएको अग्लो डाँडामा स्वस्थ्य खानेपानीको ब्यवस्था मिलाएको जनाइएको छ ।

यसलाइ निरन्तरता दिने आयोजक समितिका सदस्य अग्रवालले बताउनुभएको छ । पाथीभरा मन्दिरमा पानी पुर्याउने कार्यको सिलसिलामा झापाका उद्यागी ब्यपारीहरुले सहयोग गरेका थिए ।

कुटिडाँडा स्थीत मार्से खोला मुहानबाट बिद्युतीय मोटरको सहायतामा मन्दिर क्षेत्रमा पानी पुर्याइएको थियो । त्यस क्रममा पाथीभरा भण्डरा समुहले सहयोग गरेको पाथीभरा समितिका सचिब एगा अर्यालले बताए ।

मन्दिरको थप जिर्णेदार गर्नुपर्ने आवस्कयता रहेकाले सबै सग राय सुझाब सल्लाह र सहयोग माग गर्ने की भन्ने बिषयमा पाथीभरा समितिको बैठकमा छलफल हुदै गरेको पनि सचिब अर्यालले बताए । यसैबीच मन्दिर परिसरको केहि क्षेत्रमा टायल लगाउने तथा रङरोगनमा थप सहयोग गर्ने भण्डरा समितिका सदस्य अग्रवालले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found